
पूर्णपुष्टि,फागुन २१ । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकास्थित दियालेमा बलेरो दुर्घटना भएको छ । आइतवार बिहान बलेरो दुर्घट्नामा परी सात जना घाइते भएको प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिइन् ।
घटनामा एक जनाको मृत्यु भएको भन्ने जानकारी आए पनि विस्तृत विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी कुमारीको भनाइ छ । उनका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको जानकारी दिइन् ।
