Wednesday, August 5News That Matters

ओछ्यानमै महिलाको हत्या

पूर्णपुष्टि, मंसिर २६
धनुषामा एक महिलाको ओछ्यानमै महिलाको विभत्स हत्या भएको छ । उनीलाई सुतिरहेकै अवस्थामा हत्या गरेको जनाईएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं। ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको धारीलो हत्या प्रयोग गरी हत्या भएको हो । गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए । यादवको हत्या आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार बाट भएको प्रहरीको भनाई छ । रितादेवीको हत्याको समयमा उनका श्रीमान् विरेन्द्र अर्को घरमा सुतेका थिए । हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको थियो । घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।