
पूर्णपुष्टि, असार १५ ।
देशभरमा १८ औं राष्ट्रिय धान दिबस तथा रोपाई महोत्सब मनाउने क्रममा उदयपुर जिल्लामा ओरेक नेपालको आयोजनामा त्रियुगा नगरपालिका वडा नं ८ उत्तराईटोलमा पनि रोपाइ गरिएको छ ।
कृषि ज्ञान केन्द्र उदयपुर र उत्तराईटोल ईको भिलेजको समंन्नयमा भएको कार्यक्रममा कृषकहरुको उत्साहजनक उपस्थिति थियो । कार्यक्रमा ओरेक उदयपुरकी अध्यक्ष रामबति चौधरीले अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा सहभागि सबैले खेतमा धान रोपी रोपाई महोत्सब मनाईएको थियो । मानो खाएर मुरी फलाउने दिनको रुपमा असारलाई लिइन्छ । असार १५ लाई कृषकको पर्व पनि मानिन्छ । सोही हिसावले कार्यक्रमलाई कृषकहरुसंग विशेषरुपले मनाइएको थियो ।
कार्यक्रममा त्रिनपा ९ का वडाअध्यक्ष धनबाहादुर दनुवार, कृषि ज्ञान केन्द्र उदयपुरका बागबानि बिकास अधिकृत श्रीषा उपे्रती, त्रियुगा नगरपालिका कृषि शाखाका प्राबिधिक प्रमिला दनुवारको पनि उपस्थिति थियो ।
कार्यक्रममा उदयपुरमा धान उत्पादनको अबस्था र धान उत्पादनका लागि भईरहेका प्राबिधिक पहलहरु त्था धान उत्पादनका उन्नत प्रबिधिहरुको बारेमासमेत जानकारी गरार्ईको थियो ।
राेपाइका तस्विरहरू :

