Monday, July 6News That Matters

ओली सहित बलुवाटारमा नेकपाको बैठक

पूर्णपुष्टि, मंसिर ३

नेकपाको बैठक बलुवाटारमा सुरु भएको छ । बुधबार १ बजेबाट बैठक सुरु भएको हो । अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओली चिढिएका थिए भने उनले आजको बैठक नराख्न लबिङ गर्दै आएका थिए ।

नेकपाभित्रको विवाद उग्र बन्दै गएपछि मंगलबार दिनभर नेताहरुको दौडधुप बढेको थियो । ओली पक्षका नेताहरू दाहालको प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन् ।

बुधबारको बैठकमा समेत ओलीले उक्त प्रस्ताव फिर्ता गर्न अनुरोध गर्ने अनुमान गरिएको छ । प्रचण्डले २८ गतेको बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव ‘प्रस्ताव’नभएर ‘कथित आरोपपत्र’ भएको ओली पक्षको बुझाइ छ ।