
पूर्णपुष्टि, चैत्र २
प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र माधव नेपाल पक्षको आजको बैठक सकिएको छ । बैठक सामान्यतया सकरात्मक तरिकाले सकिएको उपस्थित नेताहरुले बताएको छ ।
सोमवार ओली र माधव पक्षको मुख्य नेताहरुबीच पार्टी कार्यालयमा बैठक बसिएको थियो ।
बैठक बाट निस्किएका माधव पक्षको नेता रघुजी पन्तले वार्ता सकारात्मक नै रहेकोे बतानुभयो । पन्तले वार्ता सकरात्मकनै रहने आफुहरुको अपेक्षा रहेकोे र सोही अनुसारको वार्ता भएको बताउनुभयो ।
‘वार्ता सौहार्यदपूर्ण भयो । सकरात्मक भयो । एकअर्काका कुरा सुन्ने, बुझ्ने काम भयो, हामिले पनि आफ्नो अडान राख्यौँ, पन्तले भन्नुभयो ।
वार्ता सकरात्मक नै रहेपनि गत फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेका निर्णय आफूहरूले नमान्ने जानकारी बैठकमा गराइएको बताएको समेत नेपाल पक्षले बताले बताउनुभयो ।
गत फागुन २८ मा ओलीले आफूपक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायत निर्णय गरेका थिए ।
उक्त निर्णयबारे आफूहरूलाई जानकारी नभएको र निर्णय भएको भए नमान्ने अडान आफूहरूले आज अध्यक्ष ओलीलाई गराएको पन्तले बताए। ‘२८ गते भएको बैठकका निर्णय थाहा छैन। निर्णय स्वीकार्दैनौं ।
