
नेकपा एमालेका माधव नेपाल समूहका सांसदहरुले केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । ओलीले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेपछि मंगलबार दिउँसो नेपाल समूहका सांसदहरुको बैठक बसेको थियो ।
बैठकले पार्टी फुटाउने उद्देश्यका साथ झुटा आरोपहरु लगाएर स्पष्टीकरण सोधिएको भन्दै त्यसको सामना गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी एक सांसदले भने, ‘हामीलाई अर्को पार्टी बनाएको भनेर स्पष्टीकरण सोधिएको छ । हामीले अर्को पार्टी बनाएका छैनौं, पार्टीभित्र अन्तर्संघर्ष गरिहेका छौं र एकतावद्ध र सुदृढ बनाएर हिँडाउन लागिपरेका छौं ।’
