Wednesday, May 27News That Matters

ओल्के र बुढी हाल्ने पर्व मनाउदै

भदौ १ गते ।

सुदुरपश्चिमको बैतडी लगायतका जिल्लाहरुमा ओल्के पर्व धुमधामका साथ मनाउँदै छ । ओल्केको अर्थ उपहार वा कोशेली हो ।

ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप कर्कलाको पत भित्री फलफूल, मिठो–मसिनो दिनु र हातमा मेहेन्दी लगाएर पर्व मनाईन्छ ।

सवेरै उठेर खोला, नदी, कुवा, पधेँरा लागयत पानीको श्रोत भएको ठाउँमा स्नान गरी विभिन्न खानेकुराको परिकार बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आफन्तलाई ओल्को दिने पनि गरिन्छ । वर्षाले विभिन्न संकट निम्त्याउने भएकाले यसबाट बचे र नवजिवन पाएको खुशीयालीमा उक्त क्षेत्रका मानिसहरुले ओल्को मनाउने प्रचलन रहिआएको स्थानियहरुले बताएका छन् ।

यस पर्व मनाउनुमा कुनै प्रकारको धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित भएको पाईदैन । यस भेगका बासिन्दाको मौलिक पर्वका रूपमा पनि रहिआएको छ भने यसलाई सिंह सङ्क्रान्ती पनि भन्ने गन्छि ।

यो पर्व नेपालको सुदूरपश्चिमका जिल्लाहरु र  भारतको कुमाउँ गढवाल तिर पनि मनाइन्छ ।

यसै दिन गाउँ नजिकको अग्लो डाँडाको टाकुरामा सवै भेला भएर रुख काटेर एक ठाउँमा थुप्रो बनाईन्छ । यस थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिएको छ  ।

यसरी बनाईएको बूढीलाई असोज सङ्क्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकै पटक निकाली एकै साथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ । यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग पनि जोडिएको छ ।