
पूर्णपुष्टि, भदौ ३
कक्षा ११ र १२ विद्यार्थीहरुलाई आज बाट कोरोना खोप लगाईने भएको छ । सरकारले आज बाट ३ दिन सम्म विद्यार्थीहरुलाई खोप लगाउने कार्यक्रम राखेको छ ।
१८ वर्ष माथिका कक्षा ११ र १२ अध्ययनरत तथा विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप लगाउन लागिएको छ ।
स्वास्थ्य सेवा विभागको भदौ ३ को निर्णयअनुसार भेरोसेल खोपको पहिलो मात्रा आज शुक्रबारदेखि विद्यार्थीलाई लगाउन सुरू गरिन्छ ।
यस्तै ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको छ ।
काठमाडौं महानगरपालिका भित्र रहेका ३२ वडा वडाहरू र आवश्यकताअनुसार पालिकाले तोकेका खोप केन्द्रबाट खोप लगाउन पाइन्छ ।
कोरोना माहामारीकै कारण साउन ३१ बाट हुने कक्षा १२ को परिक्षा रोकिएको थियो । कोरोना माहामारी बिच गर्न लागिएको परिक्षा तेस्रो चरणको कोरोना सुरु भए सँगै स्थगित भएको थियो ।
