
पूर्णपुष्टि, साउन ६
पहिले प्रहरी भन्ने बित्तिकै डर लाग्थ्यो तर आज आफुलाई समस्या परेको बेला प्रहरीले नै गरेको सहयोग देखेर प्रहरीहरु निकै सहयोगी हुदारैछन् भन्ने थाहा पाए, यो भनाई ओखलढुङगा हिडेकी एक बृद्ध आमाको हो ।
गाडी चड्ने पैसा नभएकै कारण गाडीले गन्तव्य सम्म पुराउन नमान्दा ओखलढुंगा सम्म हिडेकी एक बृद्ध आमा कटारीको सडकमै घण्टौँ देखि अलपत्र अवस्थामा थिईन् । घण्टौँ सम्म सडको छेउमा बसेर गाडी रोक्दै आफुलाई ओखलढुंगा पुराईदिन अनुरोध गरिरहिन् तर कुनै पनि गाडीले लान मानेन् ।
कुनै पनि गाडीले लान नमाने पछि अलपत्र अवस्थामा रहेकी ती आमालाई डिउटिमा खटिरहेका स्थाइ ट्राफिक प्रहरी पोष्ट कटारीका ट्राफिक हवल्दार चन्द्र श्रेष्ठ लगायतका ट्राफिकहरुले सोधपुछ गर्यो । ती आमा सँग गाडी भाडा थिएन रहेछ भडा नभएकै कारण ओखलढुंगा हिडेकी ती आमालाइ कुनै पनि गाडीले लान नमानेको बुझियो । आमाको त्यो समस्या पत्ता लाग्ने बित्तिकै पछि ट्राफिक प्रहरीले नै ती आमालाई गन्तव्य सम्म पुराउन मदत गरे ।
ओखलढुंगा गईरहेको एउटा सुमो रोकेर ती आमालाई गन्तव्य सम्म पुराउन चालक सँग हवल्दार श्रेष्ठले अनुरोध गरे। ट्राफिकको यो अनुरोधलाई स्वीकारर्दै चालकले पनि आमालाई गन्तव्य सम्म पुराउने प्रतिबद्धता व्यक्त गरे।

सामान्य जानकारी पाए अनुसार ती आमाको कोहि आफन्त नभएको र पहिले सुन कोशी वारी पारी भारी बोकेर जिविको पार्जन गर्दै आएको भन्ने बुझिएको छ । ओखलढुंगाको हर्कपुर सम्म हिहडेको बताउने ति आमालाई थुप्रै गाडीले पैसा नभएकै कारण लान नमानेको भन्ने बुझियो ।
मानवले मानवलाई सहयोग नगरे अरुले त कस्ले गर्छ र ? चाहे कमाउने पेशामा रहेको कुनै पनि सावारी र अन्य क्षेत्र किन नहोस् । आपत विपद र समस्यामा त सहयोग गर्नु पर्थ्यो । जस्ले आमालाई सहयोग गरेन ती सवारीहरु पैसाको पछि लागेर मानवता गुमाउन पछि परेन । समस्यामा तपाई हामि सबै एक जुट हौँ ।
हामि सम्पूर्ण मानव कर्तव्यका व्यक्तिहरुबाट मानवीयताको खानी ती ट्राफिक प्रहरी र सहयोगी चालकलाई रिदय बाटै धन्यवाद व्यक्त गर्न चाहान्छौ । सहयोग गर्ने मौका बाराम्वार आउँदैन सहयोग मानव व्यक्तिको ठुलो अवसर र पहिचान सँगै मानवियता पनि हो । तपाई हामि सबै सँग मनवताको विकल्प हुन्छ तर खाली मन मात्रै हुनु पर्छ । यो समचार हामिले पत्रकार अभिलामेछानेको फेसबुक स्टाटस, भिडियो र उनि सँगको फोन वार्ताबाट तयार पारेका हौँ । ती आमाको नाम र उमेर भने पत्ता नलागेको जानकारी गराउँदछौ ।
सामाजिक संञ्जालमा भिडियो देखेर ती बृद्धा आमाको बारेमा एक जना व्यक्तिले यस्तो लेख्नुहुन्छ ।

