
पूर्णपुष्टि, जेठ १४ गते ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक वडाध्यक्षको मृत्यु भएको छ । क्वरेन्टीन व्यवस्थापनमा खटिएका ककृनपा– ७ का वडाध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको हो ।
राष्ट्रिय माविको क्वरेन्टीन व्यवस्थापनमा खटेका बेला एक्कासी बेहोस भएपछि रानाको घटनास्थलमै मृत्यु भएको कृष्णपुर नगरपालिकाले जनाएको छ ।
वडाध्यक्षको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । रानाको शव अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । मृतकको कोरोना परीक्षण समेत गरिने नगरले जनाएको छ ।
