
पुर्णपुष्टि,असोज ४
कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत अधिकृत भानुभक्त उपाध्याय जबरजस्ती करणीको आरोपमा पक्राउ परेको छ । उनिलाई एक महिला कर्मचारीलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
भदौ १९ गते एक महिाल कर्मचारीले आफूमा करणी भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उपाध्यायलाई करणी गरेको महिलाले आरोप लगाएकी छन् ।
जवरजस्ती करणीको उजुरी दर्ता भएपछि शनिवार उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई जबरजस्ती करणीमा मुद्दासमेत दर्ता भईसकेको छ ।
उनलाई थप अनुसन्धानको दायरामा ल्याउने र अपराध ठहरीएमा आवश्यक कार्वाही गर्ने समेत जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्ष प्रतिक बिष्टले बताउनुभयो ।
