पूर्णपुष्टि, पुष ११ । गाईघाटमा सम्पन्न दोस्रो खाना परिकार महोत्सव २०७९ अन्तरगत नेवाः छमछमी सीजन–३,का ट्रफि करिना तामाङले उचालेकी छिन् । एकल डान्स प्रतियोगिको बिभिन्न चरणहरु पार गर्दै आएकी करिना अन्तत प्रतियोगिताकै उत्कृष्ट मध्य एक बन्न सफल भएको हो । उपाधीसँगै उनले नगद रु,२१ हाजर शिल्ड,प्रमाण–पत्र हात परेकी हुन् ।

यस्तै प्रतियोगिताको द्धितिय पुरस्कार सुविना बस्नेतले नगद रु, १५ हजार शिल्ड,प्रमाण–पत्र प्राप्त रहेका छन् भने तृतीय स्थान हासील गरेका तुलसा श्रेष्ठले नगद रु, ११ हजार शिल्ड,प्रमाण–पत्र प्राप्त गरेकी छन् । उक्त सीजनाका सान्तोन पुरस्कार गरिमा तामाङ र एलिसा तुलाधारले जनही नगद रु, २ हजार १ सय प्रमाण–पत्र प्राप्त गरेका थिए ।
झीगु नेवाः पूचः गाईघाट र नेवाः देय दवू त्रियुगा नगर कमिटिको आयोजनामा सम्पन्न नेवाः छमछमी सीजन–३, प्रतियोगिता आईतवार गाईघाटको पिपल चौकमा सम्पन्न भएको थियो । गत पुष ८ गते बाट सुरु भएको प्रतियोगिता १० गते सम्म सञ्चालनमा रहेको थियो ।
