
पूर्णपुष्टि,मंसिर १०
करेन्ट लागेर महोत्तरीमा एक पुरुषको मृत्यु भएको छ । भंगाहा नगरपालिका–९ पथलैया बस्ने ४१ वर्षीय रामनारायण साहको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो ।
भंगाहा नगरपालिका–४ कोबीबारीस्थित काउली खेतमा लगाएको विद्युतीय तारको घेरामा पर्न जाँदा साहलाई करेन्ट लागेको थियो । सोही स्थान भएर हिँड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका साहलाई उपचारका लागि शुभस्वस्तिक अस्पताल बर्दिबास लैजाने क्रममा बाटोमै मत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
