
सुनसरी/भदौ १ गते ।
सुनसरीको देवानगञ्जमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । देवानगञ्ज नगरपालिका – ३ कपतानगञ्जममा शनिबार विहान अनिता मेहेताको मृत्यु भएको हो ।
विहान साढे ९ बजे घरको टेबुल फेन चलाउने क्रममा करेन्ट लगालेर गम्भिर घाईते भएकी २५ वर्षीय मेहेताको विराट नर्सिङ्होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भिर घाईते भएकी मेहेताको उपचारको क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
