
सुनसरी, भदौ १७ गते ।
सुनसरीको ईटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ईटहरी नगरपालिका–१३ निबासी १६ वर्षीय मुकेश सरदारको करेन्ट लागेर मृत्यु भएको हो ।
घर नजिकै नालीमा करेन्ट लगाएर माछा मार्ने क्रममा दिउँसो १ बजे अचान करेन्ट लगेर घाईते भएका सरदारको उपचारका लागि नोबेल अस्पताल विराटनगर जाने क्रममा बाटोमै सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
