Tuesday, June 2News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरी, कात्तिक २

सुनसरी दुहबी–२ बस्ने ४५ बर्षीय शिव नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।
आज विहान ११ बजे खनार स्थित घरको ईटा जोड्ने क्रममा नजिकै रहेको बिजुली तार सट भई करेन्ट लाग्दा चौधरी वेहोस भएका थिए । वेहोस भएका चौधरीको बिराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा  साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।