
झापा, भदौ २१ गते ।
झापाको बारदर्शीमा करेन्ट लगेर एक जनाको मृत्यु भएको छ । बारदर्शी गाउँपालिका–५ निबासी ४४ वर्षीय पूर्णबहादुर विकको मृत्यु भएको हो ।
आफ्नै घरमा कुकुरी, कोदालो, खुर्पी लगायतका फलामको सामान बनउँदै आएका विक विहान करिब साढे ११ बजे खुर्पी बनाउने क्रममा एक्कासी ग्यालेनडरको पछाडिको नोट खुस्कि करेन्ट लागेर घाईते भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाईते भएका विकको उपचारको लागि तत्काल विर्तामोडको सिटि अस्पतालमा ल्याई उपचारको क्रममा पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
