
पूर्णपुष्टि, भाद्र १६
सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दुहबी–१२ बुगडरी मुस्लिम टोल बस्ने २७ बर्षीया गुलेसा खातुनको करेन्ट लागेर मृत्यु भएको हो ।

आज दिउसो सवा १२ बजे आफ्नै घरमा लुगा सुकाई रहेको अवस्थामा अचानक मिटरको तार सर्ट भई करेन्ट लागेर बेहोस भएकी खातुनलाई उपचारा गर्न अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
