Sunday, June 28News That Matters

कर्णाली नदीमा २ दिदीबहिनीको शव फेला

पूर्णपुष्टि, फागुन २५ 

कर्णाली नदीमा दुई दिदीबहिनीको शव फेला परेको छ । हात बाँधिएको अवस्थामा उनीहरुको शव फेला परेको हो ।

स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीमा खबर गरेको प्रहरीले जनाएको छ । दैलेखको आठबिस नगरपालिका–३ का मानसिंह बडुवालकी १६ वर्षीया छोरी कल्पना र १२ वर्षीया छोरी सरिताको शव हिजो बेलुकी भेटिएको प्रहरीले जनाएको छ ।

कल्पना र सरितासहित आमा र एक भाइ एक जना बहिनी गरी पाँच जना नै कर्णाली नदी हामफालेको आशंका गरिएको प्रहरीले जनाएको छ ।

दुई जनाको शव भेटिए पनि ३ जना सम्पर्कविहीन छन् । हराइरहेकाहरुको बिहानैदेखि खोजी थालिएको जनाएको छ ।

आमाले चार जना छोराछोरीलाई लिएर कर्णालीमा हामफालेको आशंका गरिएको छ । दैलेख र अछामको बीचमा पर्ने पुलमा पाँच जोर चप्पल भेटिएकाले पनि पाँचै जना कर्णाली हामफालेका आशंका गरिएको जनाईएको छ ।

घरायसी झगडाका कारण यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले श्रीमान मानसिंह बडुवाललाई हिरासतमा राखेर सोधपुछ गरिरहेको जनाएको छ ।