
पूर्णपुष्टि, असार ७
कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको छ ।
प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा आइतबार सल्यानका ६ जना, सुर्खेत र दैलेखका २÷२ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा रुकुमपश्चिमका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
उक्त संक्रमित मध्ये उपचारपछि १४ जना डिस्चार्ज भएका छन् । योसँगै निको भएर डिस्चार्ज हुनेको संख्या ५ सय ३१ पुगेको छ ।
प्रदेश अस्पताल, सुर्खेतबाट ३ जना, सल्यान बहुमुखी क्याम्पस आइसोलेसन सेन्टरबाट ३ जना, नौमुले आइसोलेसन सेन्टरबाट ७ जना, जाजरकोट अस्पतालबाट १ जनालाई डिस्चार्ज गरिएको जनाईएको छ ।
कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
