Sunday, June 28News That Matters

कर्मचारी मिलन केन्द्रको अध्यक्षमा सहायक प्रजिअ

उदयपुर, फागुन १९ गते ।

कर्मचारी मिलन केन्द्र उदयपुरको अध्यक्षमा सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराई चयन भएको छ । अधिकृत स्तरका कर्मचारीहरुको साझा संगठन कर्मचारी मिलन केन्द्रको हालै सम्पन्न साधारणसभाले भट्टराईको अध्यक्षतामा १५ सदस्य जिल्ला कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा जिल्ला अदालतका श्रेष्तेदार राजकुमार आचार्य, सचिबमा कारागार कार्यालयका प्रमुख कुमारबहादुर खड्का, कोषाध्यक्षमा कर कार्यालयका प्रमुख सुमन बुढाथोकी र सहसचिबमा त्रियुगा नगरपालिकाका लेखा अधिकृत विनया बस्नेत रहेका छन् ।

त्यसैगरी अन्य सदस्यहरुमा घरेलु कार्यालयका प्रमुख पाक्रम खाँ, खाद्य तथा गुणस्तर कार्यालय प्रमुख रमेश दाहाल, सिद्धार्थ बैंकका प्रमुख सुनिल पोखरेल, उदयपुर सिमेण्ट उद्योगका विश्वनारायण साह, पूर्वाधार विकास कार्यालय प्रमुख जितेन्द्रकुमार कर्ण, हुलाक कार्यालय प्रमुख हरिलाल खत्री, आयुर्वेद कार्यालय प्रमुख डा. सन्जिवकुमार यादव, डिभिजन वन कार्यालयका रामभगत यादव, त्रियुगा नगरपालिकाका अधिकृत दिनेश सिवाकोटी र जिल्ला प्रशासन कार्यालयका दिपक दाहाल रहेकाछन् ।

साधारणसभाले २०५२ सालमा तयार पारि लागु गरिएको बिद्यानलाई परिमार्जन गर्दै नयाँ बिद्यान २०७६ र बार्षिक प्रतिवेदन सर्वसहमतले पारित गरेको नवनिर्वाचित उपाध्यक्ष आचार्यले बताए । पुरानो बिधानले सबै अधिकृत स्तरका कर्मचारीलाई नसमेटने र केहि संकुचित जस्तो देखिएकाले समय सापेक्ष परिमार्जन गरिएको उनले बताए ।

संसोधित बिद्यानमा परिवर्तित राज्य पुर्नसंरचना अनुरुप सदस्यताको दायरालाई विस्तार गरी संघीय, प्रदेश र स्थानीय तहका अधिकृत स्तरका कर्मचारीलाई समेटिएको कोषाध्यक्ष बुढाथोकीले बताए । यसकासाथै नेपाल सरकारको स्वामित्वमा रहेका सार्वजानिक संस्थान उद्योग र बाणिज्य बैंकसम्म सदस्यता विस्तार गर्ने गरी बिद्यान शंसोधन गरिएको उनले बताए ।

कार्यक्रममा जिल्ला न्यायाधिशद्धय दिपक खनाल, मनोज केसी, प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा भवन निर्माण लगायतका बिषयमा पनि छलफल भएको थियो ।