Monday, May 4News That Matters

कलाकार सारुक ताम्राकार आफ्नै घरमा मृत भेटियो

पूर्णपुष्टि,असार २२ । कलाकार सारुक ता्राकारले आत्महत्या गरेका छन् । बिहीबार साँझ काठमाडौको रातोपुल स्थित आफ्नै निजी निवासमा आत्महत्या गरेको फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताए । उनका अनुसार बबुा आमासँगै बस्दै आएका उनले बुबाआमा घर बाहिर पार्टीमा गएको समयमा आत्महत्य गरेको जनाएको छ । मृतक भनिएका ताम्राकारले घरको छिडिमा घाटीमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

सारुक पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए । फिल्म हाल छायाङ्कनरत छ । फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । ‘बिहीबार बिहानसम्म सुटिङ गरेर फर्किएका हिरोको अचानक बेलुका यस्तो खबर आएपछि हामी सारुकको घर पुगेको थियौ’, रेग्मीले भने ‘उहाँको निधनले हामी निकै दुःखी छौ ।’

सारुको शवलाई पोष्ट मार्टमका लागि राती नै टिचिङ अस्पताल महारानगञ्ज लगिएको रेग्मीले जानकारी दिए ।