
पूर्णपुष्टि, बैशाख २७ गते ।
पश्चिम नवलपरासीमा नेपाली काँग्रेसको राजनितिमा हरेक पटक विवाद सगैं चर्चामा आउने प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल एक पटक फेरि विवादमा तानीएका छन ।
नेपाली काग्रेस पश्चिम नवलपरासी जिल्ला सदस्य हरिकला गिरीले एक विज्ञप्ति जारी गर्दै झुक्याएर हस्ताक्षर गराई अवैधानिक व्यक्तिको अध्यक्षयताको बैठक पुस्तिकामा सम्मिलित गराएको जानकारी गराएकी छन ।
केन्द्रीय सभापती शेरबहादुर देउवाको पत्रको आधारमा विष्णुप्रसाद पौडेललाई जिल्ला सभापतिको चिठ्ठि प्राप्त भए पश्चात् एक समुहले विष्णुप्रसाद पौडेललाई सभापती मान्दै आएको छ । तथापी पश्चिम नवलपरासी नेपाली काँग्रेसका आधिकारीक तथा पार्टीका निर्णयहरु जिल्ला सदस्य सहितको बैठकमा कार्यवाहक सभापति अर्जुनकुमार पोखरेलको अध्यक्षतामा हुने गरेको छ ।
यहि अवस्थामा नयाँ बैठक पुस्तिकामा विषयवस्तुको प्रयोजन समेत नखुलाई नेपाली काँग्रेसको काम छ भनी हस्ताक्षर गराई झुक्याएको भनी विज्ञप्तीमा लेखिएको छ । हरिकला गिरीद्वारा हस्ताक्षरीत विज्ञाप्तिमा आफु १३ औ महाधिवेशनबाट निर्वाचीत जिल्ला सदस्य भएको र १३ औ महाधिवेशनको व्यवस्था आत्मसाथ गर्दै अर्जुनकुमार पोखरेलको नेतृत्व बाहेक अरु कुनै प्रायोजनमा आफ्नो हस्ताक्षर दुरुपयोग नगर्न समेत भनिएको छ ।
यस्तै अर्का जिल्ला सदस्य रामनगिना सिहंले पनि सोहि व्याहोरा अनुसारको झुक्याएर दस्तखत गराएको भनी विज्ञप्ती जारी गरेका छन । स्मरण रहोस पछिल्लो समय नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिमा केन्द्रीय सभापति शेरबहादुर देउवालाई समेत आफ्नो पक्षमा पारी कुनै समुहमा नदेखिएका नेता विष्णुप्रसाद पौडेललाई चिठ्ठि मात्रको भ्रमीत सभापति बनाउने खेलमा पार्टी केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल पाखुरा सुर्खेर लागेका अधिकांश जिल्ला सदस्यहरुले बताउने गरेका छन् ।
