Saturday, May 16News That Matters

काँग्रेस र संघियको डेढ सय बढी नेकपामा प्रवेश

जयराम पूर्वछाने मगर
बेलाका, चैत्र १ गते ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नेपाली काँग्रेस र संघिय समाजबादी पार्टीका एक सय ५० जना भन्दा बढीले पार्टी प्रवेश गरेका छन् । नगर कमिटि बेलकाको आयोजना भएको कार्यक्रममा नेपाली काँग्रेस र संघिय समाजबादी पार्टीका एक सय ५० भन्दा बढीले पार्टी परिवेश गरेका हुन् ।

बेलका नगरपालिका–३ का राजकुमार पाण्डे, नेत्र पौडेल, ढकन पाण्डे, शिव अधिकारी लगायतका नेतृत्वको एक सय ५० जना भन्दा बढीले पार्टी परित्याग गर्दै नेकपामा प्रवशे गरेका हुन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला ईन्र्चाज बलदेव चौधरी, नेकपा केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चाज मञ्जु चौधरी, नेकपा जिल्ला अध्यक्ष बिनोद कटुवाल, सचिव ईश्वर मणी राउत, नेकपा प्रदेश सदस्य मणि पौड्याल, प्रदेश सदस्य विमल कार्की, मणी पौडेल, राजन किराती, द्रोण पौडेल बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा लगाएतले पार्टीे अविर लगाएर पार्टी प्रवेश गराउँदै शुभकामना दिएका थिए ।

पार्टी प्रवेश पश्चात कार्यकर्ताहरुलाई एक ढिक्का भएर लाग्न नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बलदेव चौधरीले आह्वान गर्नुभयो । वेलकामा नेकपा निर्माणपछि बलियो भएर अघि बढ्ने विश्वास गरेको उहाले बताउनुभयो ।

फोटो फिचर