
बैशाख ६ ।
आज दिउँसो नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ ।
तयारी नपुगेको भन्दै हिजो स्थगित गरेको बैठक दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठकमा १४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल हुने छ । कांग्रेसको संस्थापन पक्षले आउँदो भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न चाहे पनि अर्को पक्षले पुरानै कार्यतालिका अनुसार महाधिवेशनका कार्यक्रम अघि बढाउनुपर्ने अडान लिँदै आएको छ ।
