Thursday, June 11News That Matters

कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित

पूर्णपुष्टि, असोज २४ 

नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको निधनले भोलि पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने र केन्द्रीय कार्यसमितिको बैठक स्थगित गर्ने कांग्रेसले जनाएको छ ।

एकपछि अर्को समस्यासँगै केन्द्रीय समितिको बैठक नै अनिश्चित बनेको छ । असोज १५ गते नमुना संकलन भएकोमा केहि केन्द्रीय सदस्यलाई कोरोना देखिएपछि १९ गतेको बैठक स्थगित भएको थियो । त्यसपछि भोलिका लागि तोकिएको बैठक पनि पूर्व कोषाध्यक्ष प्रसाईंको निधनले रोकिएको छ ।

कांग्रेसका केहि शिर्ष नेताहरु आइसोलेशनमा रहेकाले बैठक छिटै हुने सम्भावना हट्दै गएको छ ।