Saturday, July 18News That Matters

काठमाण्डौ उपत्यका प्रवेशमा कडाइ

पूर्णपुष्टि, चैत १९ 

कोरोना सङ्क्रमण दर बढ्न थालेपछि काठमाण्डौ उपत्यका प्रवेशमा कडाइ गरिएको छ ।

उपत्यकामा सङ्क्रमणको जोखिम बढी हुने भएकाले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

काठमाण्डौ जिल्ला भित्रिने मुख्य नाका थानकोटको नागढुङ्गा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टीजेन परीक्षण सुरु भएको छ ।

त्यस्तै सचेतनामूलक अभियान थालिएको र यस्तो अभियान चलाउन सबै पालिकालाई पनि निर्देशन दिइएको जनाईएको छ ।

भक्तपुर र ललितपुर जिल्ला प्रशासनले पनि सङ्क्रमणबाट जोगिन भीडभाड नगर्न, स्वास्थ्य मापदण्ड पालना गर्न, भेला सम्मेलनलगायतका भीडभाड हुने कार्यक्रम नगर्न भनेको छ भने जिल्ला भित्रिने नाकामा कडाइ गरेको छ ।

कोरोनाको जोखिम बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।  मन्त्रालयले ठूलो संख्यामा मानिसको भेला पूर्णरुपमा रोक्न, जुलुस, भीडभाड, सभा सम्मेलन गर्न नदिन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ ।