
भदौ ४ गते ।
काठमाण्डौ उपत्यकामा ५५ जना डेंगु संक्रमित विरामी फेला परेका छन् । धरानबाट फैलाएको डेँगु नियन्त्रण बाहिर गएर उपत्यमा समेत डेँगु संक्रमित फेला परेको हो ।
उपत्यकाको १० वटा अस्पतालमा आएका मध्ये ५५ जनामा डेंगु संक्रमढ देखिएको इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले संकलन गरेका २३ वटा अस्पताल उक्त संख्यामा संक्रमित भेटिएको जनाईएको छ ।
गत वर्ष पनि उपत्यकामा यसै समयमा १६ जनालाई डेंगु देखिएको चिकित्सकहरुले जनाएको छ । देशभर ८ सय ११ जना संक्रमित भएका थिए । बालबालिका, जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरु शतर्क रहन चिकित्सकहरुले जनाएको छ ।
