
पूर्णपुष्टि, साउन २८
दुई दिनदेखि सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको शव मकवानपुरमा भेटिएको छ ।
बानियाँको शव मकवानपुरको सिस्नेरीमा रहेको माण्डो जलविद्युत् परियोजना क्षेत्रमा भेटिएको जमहानगरीय अपराध महाशाखाले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको पनि प्रहरीले जनाएको छ ।
बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएको थियो । उनी पछिल्लो पटक काठमाण्डौको बल्खु चोकमा देखिएको थियो ।
बानियाँ लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत थियो ।
