
कात्तिक २० गते ।
सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा विहान कार दुर्घटना हुदा तीन जनाको मृत्यु भएको हो भने दुई जना घाईते भएका छन् ।
रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुदा मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाएको छ ।
