Friday, June 12News That Matters

कारको ठक्कर बाट बाघको घटना स्थलमै मृत्यु

पूर्णपुष्टि, पौष १८

कारको ठक्करले बारामा बाघको घटना स्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गकोझ बारा(जितपुर खण्डमा कारको ठक्करबाट पाटेबाघको मृत्यु भएको हो ।

शनिवार बा १६ च ८११ नम्बरको  कारले शनिबार बिहान ७ बजेर २० मिनेटमा सडकमै बाघलाई ठक्कर दिएको र घटनास्थलमै बाघ मरेको निकुञ्जका रेन्जर प्रकाश पुनले जानकारी दिए ।

कारले बाघको टाउकोमा ठक्कर दिएको थियो । ‘तत्कालै हामी जाँदा अलिअलि चलमलाएको थियो,’ रेन्जर पुनले निकुञ्जको मुख्यालय आधाभारबाट भने‘ घाईते बाघ केहिछिनमै मरेको पुनले जानकारी दिए ।

बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा कारले बाघलाई ठक्कर दिएको थियो ।

हेटौंडाबाट सर्लाही जाँदै गरेको कारले  बाघलाई ठक्कर दिएको थियो । कार चालक सर्लाहीका अजय मिश्र र बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको पंगेनीले बताए ।