Saturday, May 16News That Matters

कार्यवाहक वडा अध्यक्षको निधन

भदौ २९ गते । 

नवलपरासीको एक वडा अध्यक्षको निधन भएको छ । बौदीकाली गाउँपालिका –५ का कार्यवाहक वडा अध्यक्ष कुल सिंह रानाको गतराती निधन भएको हो ।

६८ वर्षीय वडाध्यक्ष राना उच्च रक्तचापका कारण भरतपुरमा उपचारको क्रममा निधन भएको आफन्त जनले जनाएको छ  ।

बौदीकाली –५ को वडा सदस्यमा निर्वाचित भएका राना वडा अध्यक्षको निधनपछि कार्यवाहक वडाध्यक्षका रुपमा काम गर्दै आएको थियो ।

गत वर्ष वडा अध्यक्ष दलबहादुर खरु मगरको उच्च रक्तचापका कारण निधन भएको थियो । वडा अध्यक्षको निधनपछि रानाले कार्यवाहक अध्यक्षको रुपमा वडाको काम सम्हाल्दै आएको थियो ।