
यस भिडियाेकाे काेराेना खबर हेडलाईन्स…
१. उदयपुरमा कोरोना संक्रमित ३ सय नाघ्यो
२. संक्रमितको संख्या त्रियुगा नगरपालिकामा उच्च कायमै, त्रियुगामा मात्र पुग्यो १७३
३. उदयपुरमा लकडाउन थपिने, थप कडाई गरिने
४. विवाहका कारण उदयपुरमा कोरोना संक्रमण फैलिएको प्रशासनको ठहर
५. सुरक्षा प्रमुखहरुबाट कोरोना अस्पताल बेल्टारको अनुगमन, अक्सिजन सिलिण्डर बृद्धि गर्ने
६. देशभर संक्रमितको संख्या ४ लाख ३१ नाघ्यो, आज पछिल्लो २४ घण्टामा गुमाउनेको संख्या २१४
७. विश्वमा संक्रमितको संख्या १६ करोड, ११ लाख ३९ हजार, २ सय ५५ र निको हुनेको संख्या १३ करोड ८९ लाख ६५ हजार
८. विशेष संवाद : सशस्त्र प्रहरी बल नेपाल, नं. ५ गण, हेडक्वाटर, त्रियुगा उदयपुरको प्रमुख सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदी
९. लकडाउनको छैटौ दिन गाईघाट बजारको झलक र एक आयुर्वेदिक बैद्य अनिल कटुवालले कोरोना संक्रमितलाई लक्षित गरी तयार पारेको जडिबुटि औषधि र सामाजिक योगदानको रुपमा वितरण गर्ने तयारी बारेको एक रिपोर्ट ।
नाेट : पूर्णपुष्टि खबरकाे ‘काेराेना खबर अपडेट’ दैनिक भइरहेकाे छ । भिडियाे हेरेर सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहाेला । यहाँहरू कै रचनात्मक प्रतिक्रिया, सल्लाह र सुझाव बमाेजिम कार्यक्रमलाइ परिमार्जित गर्दै लगिएकाे छ ।
