
पूर्णपुष्टि,फागुन ३ । मोरङका हास्य कलाकार पवन खतिवडालाई होहल्ला र कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो । खतिवडालाई बेलबारी नगरपालिका–१, स्थित एक होटलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बेलबारी ४ का स्थानीय जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा उनीमाथि छ । उनीसँगै रमेश भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ
पीडित पक्षले इलाका प्रहरी कार्यालय बेलबारीमा आएर अहिलेसम्म जाहेरी भनेको दिएको छैन । ‘छलफलको लागि दुवै पक्ष आउने भनेका छन्,’ उनले भने, ‘पीडितले जाहेरी दिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउने छ । पीडित पक्षका आफन्तहरू प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने बताए । पक्राउ पेर्नै कलाकार खतिवडाको आफ्नै युट्युब च्यानलबाट प्रसारित टेलिसिरियलमा ‘म्याकुरी थेगोले उनी चर्चित छन्।
