Wednesday, May 27News That Matters

कुन्यूमा जलेको मृत अवस्थामा १ जना फेला

झापा, माघ २१ गते । 

झापाको बिर्तामोडमा परालको कुन्युमा जलेर मृत अवस्थामा एक जना फेला परेको छ । विर्तामोड नगरपालिका–२ चारपाने निबासी यमकुमार राजवंशीका खेतको परालको कुन्युमा जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।

बिहान ९ बजे परालको कुन्युमा एक ब्यक्ति जलेर मृत अवस्थामा रहेको भन्ने खबर पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय अनारमनीबाट तत्काल प्रहरी टोली खटि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मृतकको नाम थर ठेगाना खुल्न सकेको छैन भने डग स्क्यानिङ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।