
मिलन परियार
लिम्चुङ्बुङ, असार २४
लिम्चुङ्बुङ गाउँपालिका–५ का जाँतेका कुपोषित बालबालिकालाई पोषण खाद्य सामाग्री वितरण गरेको छ । वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको सहयोग र हुरेन्डेक उदयपुरको मातृ शिशु तथा पोषण परियोजना अन्र्तगत ५ बर्ष मुनिका ३१ कुपोसित बालबालिकालाई पोषण खाद्य सामाग्री बितरण गरेको हो ।
चामल १०, चना १०, गहुँ १०, आयोडिन नुन २, चिनी २ केजि र खानेतेल २ लिटरका दरले एक कार्यक्रमका साथ वडाध्यक्ष केशरकुमार खड्काले बालबालिकालाई पोषण खाद्य सामाग्री हस्तान्तराण गनरेको थियो ।
५ बर्ष मुनिका बालबालिकाहरुको तौल प्रत्येक महिना लिने गरे को र तौल लिदा उमेर अनुसारको तौल नपुगेका बालबालिकाहरुलाई छ्नौट गरि पोषण खाध सामाग्री उपलब्ध गराईको हुरेन्डेक उदयपुरका सामाजिक परिचालक प्रेमकुमार राईले बताए ।
