
पूर्णपुष्टि, असार ७ गते ।
कुबेतबाट फर्किएर क्वारेन्टाईनमा बसेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटी स्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भक्तपुरको ७ जनामा संक्रमण भनेको भएपछि उनीहरु स्थायी नभई क्वारेन्टिनमा बसेका महिला रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
संक्रमित पुष्टि भएका मोरङका ४२ र ४१ वर्षीया, कास्कीका २३ वर्षीया, नवलपरासीका २९ वर्षीया, झापाका २८ वर्षीया, बाराका २८ वर्षीया, सुर्खेतका २८ वर्षीया महिला रहेको जनाईएको छ ।
शरीरको तापक्रम बढी देखिएपछि कुवेतबाट नेपाल फर्किएकामध्ये प्रदेश नं १ र २ का १०९ जनालाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा नराखी खरिपाटीस्थित क्वारेन्टिनमा राखिएको थियो ।
