
पाँचथर, साउन २६ गते ।
पाँचथरको मिक्लाजुङमा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका – ४ को थाम्सुङ खोलाबाट ल्याएको सिचाई योजनाको कुलोमा स्थानिय ४५ वर्षीय पूर्णबहादुर राईको मृत्यु भएको हो ।
गतराती १० बजे राई कुलोमा मृत अवस्थामा फेला परेको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
