Friday, May 22News That Matters

कुवेतबाट १६० जना नेपाली आईपुग्यो

पूर्णपुष्टि, असार ९

कुवेतबाट १ सय ६० जना नेपाली काठमाण्डौ आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै जजिरा एअरमार्फत निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो ।

आममाफीमा सहभागी भएका करिब ३ हजार जनालाई कुवेत सरकारले दिनहुँ १ उडानमार्फत काठमाण्डौसम्म निःशुल्क ल्याइदिइरहेको छ । आममाफीमा सहभागीलाई कुवेत सरकारले नै खान र बस्नको व्यवस्था गरिरहेको छ ।