
पूर्णपुष्टि,चैत्र ४ । चक्लेटी नायक साथै मेघा स्टारको रुपमा पहिचान बनाउँन सफल सफल नायक अनमोल केसी बन्जी र स्काई साइक्लिङ गर्न कुश्मामा पुगेको छ । नायक केशी शनिवार साथीहरुसँग बन्जी जम्प गर्न कुश्मा पुगेको हो ।
केसी नेपाली चलचित्रमा मेगा स्टारका रूपमा समेत चर्चित छन् । ड्रिम्सु, क्याप्टेन, कृ, ए मेरो हजुर, गाजलु लगायत चलचित्रमा नायक केसीको मुख्य भूमिका छ ।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ।
