
पूर्णपुष्टि, जेठ ३ गते ।
कृषकहरुलाई स्याङजाको वालिङ नगरपालिकाले जमानी बसेर ऋण दिन सुरु गरेको छ । लकडाउन तथा महामारीको असर र अन्य विपद्का कारणले पेसा, व्यवसायबाट विस्थापित हुन नदिने उद्देश्ये बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी नगरले ऋण दिन सुरु गरेको हो ।
आर्थिक अभावका कारण व्यवसायबाट विस्थापित हुन नदिन जमानी बसेर ऋण उपलब्ध गराउन थालेको नगरले जनाएको छ । पशु विकास तथा कृषि विकास शाखामा निवेदन दिनुपर्ने र सिफारिसका आधारमा निश्चित समयका लागि ऋण उपलब्ध गराउने जनाएको छ ।
कृषकहरुले नगरपालिकाको सिफारिसमा ६ महिनाका लागि विना धितो १० लाख रुपैयाँ ऋण प्राप्त गर्न सक्ने नगरले जनाएको छ ।
तरकारी खेती गर्ने किसानका लागि ६ महिनादेखि एक वर्ष, पशुपालनका लागि एक/एक र फलफुल खेतीका लागि दुई वर्षको अवधि रहने गरी विना ब्याज बीउ पुँजीसमेत उपलब्ध गराउने गरेको नगरले जनाएको छ ।
