
पूर्णपुष्टि,असार १७ । नेपाललाई कृषिप्रधान देश भनिए पनि कोदोसमेत विदेशबाट आयात हुँदै आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामै ६४ करोड रुपैयाँभन्दा धेरैको कोदो आयात भएको जनाएको छ ।
गएको साउनदेखि जेठ महिनासम्म झण्डै दुई करोड किलो कोदो आयात गर्दा ६४ करोड ३७ लाख रुपैयाँ बाहरिएको छ । यो अंग्रेजी वर्ष सन् २०२३ लाई संयुक्त राष्ट्र सङ्घले कोदो वर्षको रूपमा मनाइरहेको छ । सोही अनुरुप चालु आर्थिक वर्ष २०७९र८० लाई राष्ट्रिय कृषि जैविक विविधता वर्षको रूपमा मनाउने नेपाल सरकारले यसअघि निर्णय गरेको छ । नेपालमा भारत, चीन, इन्डोनेसिया लगायतका देशबाट कोदो आयात हुन्छ ।
नेपालको लागि कोदो चौथो मुख्इ वालीको रुपमा चिन्छि । तीन तहका सरकारले कोदोजन्य बालीलाई केन्द्रमा राखेर रैथाने बाली प्रवर्द्धन कार्यक्रम विगत पाँच वर्षदेखि सञ्चालित छ । यसको खेती कम मलिलो तथा सुक्खा जग्गामा गर्न सकिन्छ र पहाडी भागमा कम खर्चमा कोदो खेती गर्न सकिन्छ ।
कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ । खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्त्वपूर्ण बाली हो ।
