Friday, July 17News That Matters

कोइला खानीमा पुरिएर १ जनाको मृत्यु

पूर्णपुष्टि, फागुन १२

दाङको कोईला खानीमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१९ राम्चेमा कोइला निकाल्दै गरेका स्थानीय तिर्साङका ४५ वर्षीय मोहनलाल कामीको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खानीमा कोइला निकाल्ने क्रममा मोहनलाललाई माथिबाट खसेको कोइलाले च्यापेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।