Thursday, May 21News That Matters

कोभिड–१९ सङ्क्रमित साढे ४ लाख निको भए

पूर्णपुष्टि, बैशाख ३ गते ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमित चार लाख ६७ हजार दुई सय भन्दा धेरै उपचारपछि निको भएका छन् ।

विश्वमा अहिलेसम्म १९ लाख ९२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । १३ लाख ९८ हजारको उपचार भइरहेका मध्ये ५१ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ । अहिलेसम्म एक लाख २० हजारभन्दा बढीको मृत्यु भईसकेको छ ।

पछिल्लो एक दिनमा अमेरिकामा मात्रै दुई हजार दुई सय ८४ जनाको मृत्यु भईसकेको छ । योसँगै अमेरिकामा कोरोनाकाबाटा २५ हजार ९ सय भन्दा बढीको मृत्यु भईसकेको छ । २४ हजार दुई सय १५ नयाँ बिरामी थपिएका छन् । अहिलेसम्म ६ लाख ११ हजार १ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा सात सय ७८ र फ्रान्समा सात सय ६२, इटलीमा ६ सय दुई र स्पेनमा तीन सय जनाको मृत्यु भईसकेको छ ।

भारतमा एक दिनमा ३५ जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढीमा सङ्क्रमण जनाईएको छ ।