Tuesday, June 9News That Matters

लडेर कोरियामा एक नेपालीको ज्यान गयो

पूर्णपुष्टि, फागुन २८

औद्योगिक दुर्घटनामा परि काकेरियामा एक नेपालीको ज्यान गएको छ । दक्षिण कोरीयामा बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु सहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीष मगरको दुर्घटनामा परी गत सोमबार ज्यान गएकोे हो ।

दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए । लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो ।

अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । घटनालाई नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका हुन् ।