
गाइघाट/बैशाख,१०
विश्वभर फैलिएको कोरोना भाईरस नेपालमा पनि दिनप्रतिदिन संक्रमण संख्याको क्रम बढ्दो छ । १ नं प्रदेशको पहिलो र देशैकै ठुलो संख्यामा उदयपुरको भुल्केमा संक्रमण फैलिएपछि उदयपुर अहिले त्रासमय बन्न पुगेको छ ।
यसैक्रममा यसको उच्च सतर्कता, नियन्त्रण र सुरक्षाको लागि बिभिन्न क्षेत्रहरु लागि परिरहेको छ । त्रियुगा नगरले यसको उच्च जोखिम र नियन्त्रणका लागि अहिले बिभिन्न पहलहरु चालिरहेको छ । त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले बुधबार नगरवासीहरुलाई बिषेश सम्बोधन गर्दै कोरोना सम्बन्धि बिषेश रोकथाम र सतर्कताको लागि नगरले बिभिन्न सम्बन्धित निकायहरु सँग आवश्यक भौतिक सामाग्री र जनशक्तिहरुको माग राखेको बताउनुभयो ।
त्रियुगा नगरपालिका ३ भुल्के स्थित मस्जिद वस्तिमा कोरोना संक्रमणको ठुलो सँख्या पक्ता लाग्ने बित्तिकै नगर त्यस तर्फ घम्भिर ध्यानाकर्षण र त्यसको समाधान तर्फ लागि परिरहेको विज्ञाप्तीमा उल्लेख गरिएको छ । नगरले उदयपुरलाई सुरक्षित र रोग बढ्न नदिन आवश्यक कदमका लागि जिल्लामा तत्कालै कोरोना अस्पतालको माग, स्वास्थ्यकर्मीहरुको पर्याप्त व्यवस्था, औषधी तथा उपकरणहरु अभाव हुन नदिन प्रदेश तथा संघिय सरकारलाई ध्यानाकर्षण, गरिब तथा विपन्न परिवारहरु रोग सँगै भोकको चपेटामा परिरहेकोले थप खाद्यन्नको व्यवस्था, प्रदेश सरकारले उदयपुरलाई लगाएको शिलबन्दी पूर्णपालनाको ध्यानाकर्षण, त्रियुगा नगरपालिका भित्र रहेको प्रभावित वडा तथा सबै नगरवासीहरुमा तत्काल स्वास्थ्य परिक्षणको माग लगाएत अत्यावश्यक कुराहरुको माग गरेको छ ।
नगरले भुल्केलाई नेपालकै अति जोखिमको रुपमा ध्यानाकर्षण गरी रोग नियन्त्रण, उपचार र सतर्कतामा बिषेश पहलको लागि समेत सम्बन्धित निकायहरु सँग जोडदार माग गरेको छ । यस रोगबाट सर्वसाधरणहरुमा पर्न गएको समस्यालाई त्रियुगा नगरले आफ्नो सामथ्र्यले भ्याय सम्म समधानको पाटोमा लागिरहेको मेयर चौधरीले बताउनुभयो ।
उहाँले यो बेला राजनिती छोडेर जनता बचाउने नीतीनै नगरको मुख्य भुमिका रहेको बताउनुभयो । चौधरीले यसको लागि हामि सबैको पहल जरुरी रहेको बताउनुभयो । यतिवेला सबैको सकरात्मक भुमिका, कार्य र चेतनानै महत्वपूर्ण रहेको भन्दै सबै सँग सहयोगको अपिल गर्नुभएको छ ।
