Saturday, April 25News That Matters

कोरोना कहरबिच बेलकामा स्वास्थ्य सिविर सम्पन्न,४ सय ७६ जनाले सेवा लिए

बेलका उदयपुर ,कार्तिक २९

बेलका नगरपालिका स्वास्थ्य शाखाको आयोजना र ओरेक नेपालको सहयोगमा संचालित महिला स्वास्थ्य सेवा निःशुल्क सिविर बेलका नगरको वडा नं ६ र ७ मा सम्पन्न भएको छ ।

कार्तिक २५ गतेबाट संचालन भएको स्वास्थ्य सिविरबाट चारसय ७६ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएको बेलका नगरपालिकाको मनोपरामर्सदाता जानुका दंगाल कार्कीले बताईन् ।

कार्तिक २५ गते बेलका वडा नं ७ स्थित मैनामैनी मुलगाउ र २६ गते शारदा आधारभुत बिद्यालय बिलिम्लामा २ सय ६६ जनाले स्वास्थ्य सेवा लिएकोे दंगालले बताईन् । त्यसैगरि २७ र २८ गते वडा नं ६ को बवला र घारे माझी वस्तीमा २ सय १० जनाले स्वास्थ्य सेवा लिएको उनिले बताईन् ।

बेलका अस्पतालका जनरल फिजिसियन डाक्टर बिसाल राई र नोबेल अस्पताल बिराटनगरका स्त्री रोग बिशेषज्ञ डाक्टर रकिना भान्साकार्यको संयुक्त टोलीले सेवाग्राहीहरुको स्वास्थ्य जा‘च गरेको थियो ।

शिबीरमा महिला प्रजनन स्वास्थ्य सम्बन्धी महिलाहरुको पाठेघर,महिनावारी सम्बन्धी चेकजा‘च तथा परामर्श का साथै ९ जनाको स्क्रीनिङ उपचार गर्नुका साथै आवश्यक स्वास्थ्य उपकरणहरु समेत बिरामीलाई निःशुल्क उपलब्ध गराईएको स्वास्थ्य केन्द्र रामपुरले जनाएको छ ।

शिबिरमा यौन प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी दिनुका साथै नेपाल सरकारबाट बितरित सबै खाले औषधी निःशुल्क बितरण गरिएको थियो।कतिपय महिला सेवाग्राहीहरुले आफ्ना यौन स्वास्थ्य समस्याका वारेमा खुलेर कुरा राख्न नसक्ने भएकाले बेलका नगरपालिकाले ४ जना मनोविमर्सकर्ता समेत स्वास्थ्य शिवीरमा खटाएको थियो । मनोबिमर्सकर्ता  जानुका दंगाल कार्कीले भनीन्,”हामीले  महिला दिदीबहिनीहरुलाई उपचारमा पठाउनु अघि धेरै नै काउन्सेलिङ गर्यौ,उहाँहरु आफ्ना यौन समस्याका बारेमा खुल्नै चाहनु हुन्न थियो,काउन्सेलिङ पछि सहज भो ।” स्वास्थ्य शिबीरमै सो क्षेत्रमा रहेका मानसिक रोगीहरुको उपचार तथा औषधी समेत बितरण गरिएको थियो ।

शिबिरको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गा कुमार थापा ‘स्वस्ती’ ,नगर उपप्रमुख राजकुमारी चौधरी तथा जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुबेदीको टोलीले स्वास्थ्य  शिवीरको अनुगमन तथा निरीक्षण गर्नुभएको बेलका नगरका प्रेस संयोजक ललित राईले बताए ।