Monday, June 22News That Matters

कोरोना खोप बेच्न नेपाललाई ४ कम्पनीको प्रस्तात, सरकार निर्णयमै अड्कियो

पूर्णपुष्टि, बैशाख १७

नेपाललाई कोरोना खोप बेच्न ४ कम्पनीहरुको प्रस्ताव आएपनि नेपालले यस बिषयमा निर्णय गर्न सकिरहेको अवस्था छैन । नेपालमा खोप प्रर्याप्त नहुँदा सर्वसाधरणहरुलाई खोप पुराउन नसकिरहेको अवस्थामा सरकार भने निर्णयमै अड्किरहेको अवस्था छ । नेपाललाई ‘रुस, चीन र भारतका दुई उत्पादकको खोप खरिदका लागि मूल्यसहितको प्रस्ताव पेस भइसकेको स्रोतले बताएको छ ।

नेपालको लागि ४ कम्पन्नीहरु कोभ्याक्सिन, भेरोसेल, स्पुतनिक–५ र कोभिसिल्ड गरी ४ कम्पनीको प्रस्ताव आएको छ । कोभ्याक्सिन र कोभिसिल्ड भारतको उत्पादन हो भने भेरोसेल चाइनाको र स्पुतनिक–५ भने रुसको रहेको स्रोतले उल्लेख गरेको छ ।

कोभ्याक्सिन कम्पनीको लागि नेपाली एजेन्ट हस्पिटेक इन्टरप्राईजेज, भेरोसेल कम्पनीका लागि चिनियाँ दुवासको समन्वय, स्पुतनिक–५ लोमसको लागि फर्मास्युटिकल्स, र कोभिसिल्डको लागि फर्मास्युटिकल्स नेपाली एजेन्ट मार्फत खोप खरिदबारे प्रस्ताव भएको छ ।

कम्पनीले खोपको मुल्य सहित नेपाल सरकारलाई खोप किन्न प्रस्ताव गरेको छ । भारतको कोभ्याक्सिनको मुल्य २६०० पर डोज, चिनको भेरोसेल मुल्य २१०० पर डोज, स्पुतनिक–५ को मुल्य १७२० पर डोज र भारतकै कोभिसिल्डको मुल्य ७५० पर डोज रहेको स्रोतले उल्लेख गरेको छ ।

स्रोतका अनुसार भारत बायोटेक कम्पनीले उत्पादन गर्ने कोभ्याक्सिन, चीनको सरकारी कम्पनी सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड (बीआईबीपी) ले उत्पादन गर्ने सिनोभ्याक्स, रुसको गमालिया इन्स्टिच्युटले विकास गरेको स्पुतनिक–५ र सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड खोप नेपाललाई बिक्री गर्ने गरी यहाँका एजेन्ट कम्पनीहरूमार्फत प्रस्ताव पेस भएको हो ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पछिल्लो समय बिचौलियाका कारण खोप खरिदको निर्णय हुन नसकेको बताईरहेका छन् । उनले त्यस्ता बिचौलियाको पहिचान तथा विवरण सार्वजनिक भने गरेनन् ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अनुसार मन्त्रालयले विभिन्न विकल्पहरूमा छलफल गरिरहेकाले छिट्टै त्यसमा निर्णय हुने आश्वासन दिएको छ । ‘हामीले चार मात्रै होइन, धेरै कम्पनी र देशहरूसँग छलफल गरिरहेका छौं, अमेरिकालाई नै ३० देखि ५० लाख डोज खोप दिन आग्रह गरेका छौं,’ उनले भने, ‘कोभ्याक्सलाई १ करोड २० लाख डोज उपलब्ध गराउन भनेका छौं भने युनिसेफलाई पनि सहयोग गर्न भनेका छौं ।’