
पूर्णपुष्टि, वैशाख १२ ।
कोरोना संक्रमित भइ अस्पतालको आइसोलेशनमा बसेर निको भएकी एक युवतीले उपचारकालको स्मरण गर्दै तातोपानी र पौष्टिक आहार खाएको बताएकी छिन् । बागलुङकी १९ वर्षिया अंशु सापकोताले दैनिक सकेसम्म धेरै तातोपानी पिएको बताएकी छिन् । उनी पाँचौ कोरोना संक्रमित हुन् । उनको आजै धौलागिरी अञ्चल अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।
उनले भनिन् ‘अस्पतालमा तातोपानी र पौष्टिक आहार खान भन्नुहुन्थ्यो, मैले पनि त्यही गरें,’ माछामासु, अन्डा र दूध पनि नियमित खाएको र पोसिलो खानाले एन्टिबडी निर्माण भइ पनि निको भएको हुन सक्ने उनले बताएकी छिन् । एनले गाउँमा गएर सचेतना फैलाउने बताएकी छिन् ।
