Wednesday, May 20News That Matters

कोरोना भाईरसको संक्रमणबाट अमेरिकामा ११ जनाको मृत्यु

पूर्णपुष्टि, फागुन २२ गते ।

कोरोना भाईरस (कोभिड–१९) का संक्रमणबाट अमेरिकामा ११ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय पुरुषको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिककैको अस्पतालमा एक जनाको मृत्यु भएपछि राज्यले आपत्काल घोषणा गरेको छ । मृत्यु हुने व्यक्ति जापानको समुद्री तटमा रहेको डायमण्ड प्रिन्सेस क्रुज शिपमा रहेको जनाईएको छ । जहाजमा यात्रा गरिरहेका केही व्यक्तिमा कोरोनाको सङ्क्रमण पाइएपछि जहाजलाई नै क्वारेन्टाइनमा राखिएको थियो ।

अमेरिकाको १६ राज्यमा करिब एक सय ५० जनामा कोरोनाको संक्रमण देखिएको जनाईएको छ । अमेरिकी राष्ट्रपति निवास तथा मुख्य कार्यालय ह्वाइट हाउसले कोरोनाको संक्रमण बढ्दै गएपछि देशव्यापी रुपमा नै परीक्षणलाई तीव्रता दिने जनाईएको छ ।

विश्वभरि ९० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म ८४ देशमा फैलिसकेको कोरोनाका कारण तीन हजार दुई सय भन्दा बढीको मृत्यु भईसकेको छ ।